मंसिर १२ गते २०८०
07:25: PM
मंसिर १२ गते २०८०
07:25: PM

प्यूठानका १३ कैदीको कैद मिनाहा

जेठ १५ गते २०७९
7:18 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई, प्यूठान । १५ औं गणतन्त्र दिवसको अवसरमा प्यूठानका १३ कैदीको कैद सजाय मिनाहा गरिएको छ । ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका ५ महिला र ८ पुरुष गरि १३ कैदीको बाँकी कैद मिनाहा गरिएको हो । १३ जनाको चालचलन राम्रो भएको र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरि सकेका १र्३ जनालाई गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिएको जिल्ला कारागार प्यूठानकाका प्रमुख तथा जेलर सूर्य बहादुर पन्तले जानकारी दिए । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजय तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ लगायतका विभिन्न कानूनको आधारमा उक्त मिनाहा दिइएको जनाइएको छ । प्यूठान कारागारमा १० महिला र १५ पुरुष गरि २५ जनाको क्षमता रहेको कारागारमा १३ जना मिनाहा भएसंगै अझै ७३ जना रहेको जेलर पन्तले बताए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page