मंसिर १३ गते २०८०
02:09: PM
मंसिर १३ गते २०८०
02:09: PM

कक्षा १२ को परीक्षामा प्यूठानबाट २४९७ परीक्षार्थी सहभागी हुदै

जेठ १३ गते २०७९
7:35 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई, प्यूठान । आउदो १६ गते अर्थात सोमबारदेखि कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन हुदै छ । प्यूठान जिल्लामा यस बर्ष २ हजार ४९७ जना बिद्यार्थी सहभागी हुदैछन । जिल्लामा ५ ओटा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वयन इकाइ प्रमुख शिबराज पण्डितले जानकारी दिएका छन ।जिल्लाको अमर मा बि भिगृमा ६ विद्यालयका ३१९ , मुक्ति माबि रातामाटामा ६ बिदालयका ७१९ ,जनता माबि बाग्दुलामा ४ बिद्यालयका ४८० ,महेन्द्र माबि खलंगाामा ५ बिद्यालयका ७२१ र बाल शिक्षा माबि ओखरकोटमा ३ बिद्यालयका २५८ गरि २४ सय ९७ परीक्षार्थीहरु परीक्षामा सहभागी हुदै छन । शिक्षा विकास तथा समन्वयन इकाइ प्रमुख पण्डितका अनुसार हाल जिल्लामा २४ वटा बिद्यालयहरुमा कक्षा १२ सम्म सञ्चालन रहेका छन । परीक्षा आगामी जेठ १६ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page