स्वर्गद्धारी अपडेट,प्यूठान ।रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्याङकरमा आगलागि भएको छ । डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागि भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलगी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता नवरत्न पौडेलले जानकारी दिए ।