असाेज ९ गते २०८०
07:24: AM
असाेज ९ गते २०८०
07:24: AM

हावाहुरिको कारण प्यूठानका १३८ बढी घरमा क्षती

जेठ १२ गते २०७९
8:08 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । गत जेठ ६ र ७ गतेका दिन परेको झरिसंगै हावाहुरिको कारण प्यूठानका धैरै ठाउँमा असर गरेको छ । प्यूठान जिल्लाको बिभिन्न ठाउँमा गरेर करिव १३८ बढी घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक शुशिल थापामगरले बताएका छन । जिल्लाम सबैभन्दा बढी नौबहिनीमा गाउँपालिकामा असर गरेको छ । उक्त पालिकामा करिव ७९ बढी घरको छाना उडाउनुको साथै बिभिन्न संरचनामा असर गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । त्यस्तै माण्डबी गाउँपालिकामा सबैभन्दा कम असर पुगेको छ । जहाँ १ घरमा मात्र क्षति भएको छ । कुन पालिकाको कति घरमा असर पुर्यायो? १. झिमरुक गाउपालिका झिमरुक गाउँपालिकाको ४७ घर तथा गोठको छाना उढाएको छ । सबै गरेर करिब ४७ लाख बराबरको क्षति भएको छ । २. नौबहिनी गाउपालिका नौबहिनी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । जहाँ ७९ घर तथा गोठको छाना उढाएको छ । ३. मल्लरानी गाउपालिका मल्लरानी गाउपालिकाको ११ घर तथा गोठको छाना उढाएको छ । जहाँ १० लाख बराबरको क्षति भएको छ । ४.प्यूठान नगरपालिका प्यूठान नगरपालिकामा ७ घर तथा गोठको छाना उढाएको छ । त्यहा ५ लाख बराबरको क्षति भएको छ । ५.स्वर्गद्धारी नगरपालिका स्वर्गद्धारी नगरपालिकामा ५ घर तथा गोठको छाना उढाएको छ । जहा ५ लाख बराबरको क्षति भएको छ । ६.माण्डबी गाउपालिका माण्डबी गाउपालिकामा एउटा घर तथा गोठको छाना उढाउदा १ लाख बराबरको क्षति भएको छ । ७. ऐरावती गाउपालिका ऐरावति गाउपालिकामा ५ वटा घरको छाना उढाउदा ३ लाख बराबरको क्षति क्षति भएको छ । ८.सरुमारानी गाउपालिका सरुमारानी गाउँपालिकामा भने कुनैपनि घरमा असर नगरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ९.गौमुखि गाउपालिका गौमुखि गाउपालिकामा ३ घर तथा गोठको छाना उढाएको छ । जहाँ २ लाख बराबरको क्षति भएको छ ।

रिप्लाई गर्नुहोस