फागुन ९ गते २०८०
05:39: AM
फागुन ९ गते २०८०
05:39: AM

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जेठ १२ गते २०७९
7:47 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत घोराही १० सेवार खोला नजिकै रा १ क ४३७३ नंको ट्रकले रा ५ प १५३ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु भएका चालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो । उहाँकाअनुसार मिनि ट्रक घोराहीबाट तुलसीपुर तफर्प जाँदै थियो ।सोहि समयमा विपरित दिशाबाट आएको मोटरसाइकलाई आज साँझ साढे ५ बजे ट्रकले ठक्कर दिएको थियो ।शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको सूचना अधिकारी रिजलले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page