मंसिर १३ गते २०८०
03:26: PM
मंसिर १३ गते २०८०
03:26: PM

प्यूठानका ४ पत्रकार स्थानिय तह निर्वाचनमा निर्वाचित

जेठ ६ गते २०७९
11:15 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानमा पत्रकारको पृष्ठभुमिबाट आएका ४ पत्रकारहरु स्थानिय तह निर्वाचन २०७९ विजयी हुन सफल भएका छन । नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष सहित ४ जना पत्रकार बिभिन्न पदमा निर्बाचित भएका छन । प्यूठान जिल्लामा लामो समय पत्रकारीता गरेर राजनितिमा लागेका नेपाली काङग्रेसका युवा नेता देबेन्द्र वर्मा यस बर्ष भारी मतका साथ प्यूठान नगरपालिकाको उपप्रमुखमा जित हात पार्न सफल भएका छन । त्यस्तै पत्रकार महासंघ प्यूठानका पूर्ब अध्यक्ष महाबिर राना पनि गौमुखि गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएका छन । त्यसैगरि पत्रकार महासंघ प्यूठानका सदस्य प्रमोद पोख्रेल पनि झिमरुक गाउपालिकाको उपाध्यक्ष पदमा विजयी भएका छन । त्यस्तै मल्लरानी गाउपालिका वडा नं. ३ को वडा अध्यक्षमा पत्रकार नोमराज पौडेल विजयी हुन सफल भएका छन । दोस्रो कार्यकालमा गौमुखि गाउँपालिकाको अध्यक्षमा विजयी हुन सफल भएका विष्णु कुमार गीरी पनि पत्रकारीता क्षेत्रबाट नै राजनितिमा प्रबेश गरेका थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page