असाेज १२ गते २०८०
10:26: AM
असाेज १२ गते २०८०
10:26: AM

प्यूठानका ३ पालिका प्रमुख दोस्रो पटक पनि विजयी

जेठ ५ गते २०७९
7:32 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । पालिका चुनाव २०७९ को ममतगणना प्यूठानमा सकिएको छ । २ नगरपालिका र ७ गाउँपालिका गरि ९ पालिका रहेको प्यूठानमा स्थानिय तहको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । यस पटकको चुनावमा प्यूठान जिल्लामा ५ पालिका प्रमुखले दोस्रो कार्यकालको लागी पनि आफ्नो उम्मेदबारी दिएका थिए । दोस्रो कार्यकालको लागी दोहोरिन चाहेका ५ पालिका प्रमुख मध्य ३ जना मात्र दोहोरिन सफल भएका छन । जिल्लाको सरुमारानी गाउपालिकाका अध्यक्ष झग बहादर विश्वकर्मा दोस्रो पटक पनि पालिका प्रमुख बन्न सफल भएका छन । बिश्वकर्माले ५ दलिय गठबन्धनलाई पछाडी पार्दै आफ्नो जित सुनिश्चित गर्न सफल भए । त्यस्तै ऐरावति गाउपालिकाको अध्यक्षमा पनि नेपाली काङग्रेसका नेता नविल बिक्रम शाह र गौमुखि गाउँपालिकाको प्रमुखको दोस्रो कार्यकालको लागी विष्णु कुमार गीरी पनि विजयी हुन सफल भएका हुन ।माण्डबी गाउपालिकामा दोस्रो कार्यकालको लागी उम्मेदबार दिएका एमाले नेता श्रीधर रोकाको भने दोस्रो कार्यकालमा पालिका अध्यक्ष बन्ने सपना तुइएको छ । त्यस्तै नौबहिनी गाउपालिकामा दोस्रो कार्यकालको लागी दोहोरिन चाहेका नेपाली काङग्रेसका नेता शिवराज रिजाल पनि पराजय भएका छन ।

रिप्लाई गर्नुहोस