अनुज पछाई , प्यूठान ।गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक भैरहेका छन । जिल्लामा रहेका ६४ वडामध्य अहिलेसम्म ३७ वडाको अन्तिम मा परिणाम सार्बजािक भैसकेको छ । जसमा नेकपा एमाले र नेपाली काङग्रेसले बरावर वडामा जित हासिल गर्न सफल भएका छन । सोमबार बिहानसम्म प्यूठानका १२÷१२ वडाहरु नेकपा एमाले र काङगे्रसका उम्मेदबारले जित्त सफल भएका छन । अहिलेसम्म नेकपा माओबादी केन्द्रले ७ वडामा आफ्नो जित सुनिश्चित गरेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले ५ र स्वतन्त्र ( नेकपा विप्लव) ले १ वडामा जित हासिल गरेको छ । अब २७ वडाको अन्तिम मतपरिणाम आउन बाकी रहेको छ ।