फागुन १० गते २०८०
07:51: AM
फागुन १० गते २०८०
07:51: AM

ऐरावती को अध्यक्षमा पुनः शाह निर्वाचित

जेठ २ गते २०७९
6:56 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानको ऐरावती गाउँपालिकामा अध्यक्ष टुङगो लागेको छ । गत बैशाख ३० गते भएको स्थानिय तह निर्बाचबाट ऐरावती गाउँपालिकामा पुनः दोस्रो कार्यकालको लागी नेपाली काङग्रेसका नेता नबिल बिक्रम शाह नै विजयी बन्न सफल भएका छन । शाहले ४ हजार ६६९ मतको साथ विजय हुन सफल भएका हुन । शाहको प्रतिसप्रर्धी नेकपा माओबादी केन्द्रका बुद्ध बस्नेतले २ हजार ६५० मत प्राप्त गरेका थिए । भने नेकपा एमालेका श्याम थापाले १ हजार ५८६ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद श्रेष्ठ विजयी भएका छन । उनले ४ हजार ६४७ र उाको प्रतिसप्रर्धी एमालेका कमला कुमारी ज्ञवनलीले १ हजार ५४७ र स्वतनत्र उम्मेदबार टिका बहादुर गुरुङले १ हजार ७२१ मत प्राप्त गरेका हुन । जिल्लामा पालिका अध्यक्ष चुन्ने पहिलो पालिका नै ऐरावती बनेको छ ।त्यसैगरि ६ नम्वर वडामा गठबन्धनबाट भरत बहादुर खड्का क्षेत्री ७१६ मत प्राप्त गरि विजयी भएका छन । प्रतिस्पर्धी एमालेका डिल बहादुर राउतले ६३९ र स्वतन्त्र उम्मेदवार इन्द्र बहादुर खड्काले २४९ मत पाएका थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page