मंसिर १३ गते २०८०
01:53: PM
मंसिर १३ गते २०८०
01:53: PM

प्यूठानका ६ पालिकामा आज बिहानदेखि मात्रै मतगणना सुरु हुने

वैशाख ३१ गते २०७९
5:51 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको ६ वटा पालिकामा आज बिहानदेखि मतगणना सुरु हुने भएको छ । प्यूठानका बाकी सबै पालिकामा बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो ।जिल्लाको स्वर्गद्धारी नगरपमलिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि मात्रै हुने भएको हो ।त्यस्तै जिल्लाको सदमुकाम रहेको मल्लरानी गाउपालिका , झिमरुक गाउपालिका ऐरावती गाउपालिका नौबहिनी गाउपालिका र गौमुखि गाउपालिकामा पनि आज बिहानदेखि मत गणना सुरु हुदै छ ।जिल्लाको ३ पालिकामा गएराती देखि मत गणना सुरु हिजो मतदानको कार्य सकिएसंगै प्यूठानका सबै मतगणना स्थलमा सुरक्षितका साथ मतपेटिका पुर्याइएको छ । जिल्लाका ३ पालिका बाहेक अरु पालिकामा मतगणनाको कार्य सुरु हुन सकेको छैन । जिल्लाका ३ पालिका प्यूठान नगरपालिका , माण्डबी गाउपालिका र सरुमारानी गाउपालिकाले भने गएरातिबाट नै मतयणनाको कार्य सरु गरेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page