अनुज पछाई , प्यूठान । आज भएको पालिका चुनावमा प्यूठानको माण्डबी गाउपालिकामा साझ ५ बजे सम्म ७१.१३ प्रतिशत मत खसेको बताइएको छ । माण्डबी गाउपालिकामा रहेका १ण् हजार ३७२ मतदातामध्य ७ हजार ३७८ जना मतदातादाले मत खसालेका छन । जस्मा महिला ४ हजार ४०६ र पुरुष २ हजार ९७२ जना रहेका छन ।
त्यस्तै मल्लरानी गाउपालिकामा ५९.७० मत खसेको मल्लरानी गाउपालिका निर्बाचन अधिकृत श्यामलाल घिमिरेले बताएका छन । मल्लरानी गाउपालिकामा १२ हजार ६१० मतदाता रहेकोमा ७ हजार ५२९ जना मतदाता मतदानमा सहभागी रहेको घिमिरेले बताएका छन । जसमध्य पुरुष ४ हजार ५५६ र पुरुष २ हजार ९७३ रहेका छन । यो ५ बजेसम्मको अपडेट हो ।