अनुज पछाई ,स्वर्गद्धारी अपडेट , प्यूठान । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । जिल्लाभर मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।प्यूठानमा, २ नगरपालिका ७ गाउँपालिका गरी ९ स्ठानीय तह र ६४ वडाका ३ सय ४३ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।यसपटक मतदान गर्ने योग्य व्यक्ति जिल्लामा एक लाख ५९ हजार ३४६ जना रहेका छन् । जसमध्ये ७७ हजार ३२७ पुरुष छन् भने८२ हजार १८ महिला, र १ अन्य छन् ।जिल्लाको सबै मतदान केन्द्रमा सुरक्षितरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित साढे दुई लाख सुरक्षाकर्मी खटाइएको छ ।