प्यूठानको एक मतदान स्थलमा खटिए महिला कर्मचारी मात्रै
स्वर्गद्वारी अपडेट
वैशाख २९ गते २०७९
8:13 PM
स्वर्गद्वारी अपडेट
अनुज पछाई ,प्यूठान । प्यूठानको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ ।
मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय प्युठानका प्रमुख श्यामलाल घिमिरेले बगाए ।े घिमिरेका अनुसार मल्लरानी गाउपालिका वडा नं. ४ स्थित महेन्द्र माविमा रहेको मतदान केन्द्र (क) मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो ।
मतदान अधिकृत दिना कुमकारी क्षेत्री, सहायक मतदान अधिकृत डा उर्मिला भटराई र सहायक कर्मचारीकम सिबाङगी श्रीवास्तव ,डोल्मा थापा र कार्यालय सहयोगी मिनादेबि बन्जाडे गरेर पाँच जना सबै महिला कर्मचारीमात्रै खटाइएको घिमिरेले जानकारी दिए । निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उनको भनाई छ । उक्त मतदान स्थलमा ६१६ मतदाता रहेका छन ।