अनुज पछाई , प्यूठान ।स्थानीय तहको निर्वाचनको मतगणनाका लागि प्यूठानमा सीसीटीभी जडान गरिएको छ । जिल्लाको नौवटै मतगणनास्थलमा बुधबार सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।
मल्लरानी गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य ८ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा ७ वटा गाउँपालिका र २ नगरपालिका सहित ९ पालिका छन् । जसमा ६४ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १५ वटा राजनीतिक दलले भाग लिएका छन् ।