असाेज ९ गते २०८०
08:40: AM
असाेज ९ गते २०८०
08:40: AM

प्यूठानका मतदान केन्द्रमा खटाइयो कर्मचारी

वैशाख २७ गते २०७९
12:57 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । आसन्न स्थानीय तह निर्वाचनका लागि प्यूठानमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ ।यही ३० गते हुने निर्वाचनको लागि मतदान केन्द्रमा २७ गते साझ सम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ । जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका अधिकारी राजन श्रीवास्तवले बताएका छन । जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र स्वयंसेवक गरी १ हजादर ८४ जना कर्मचारी खटाइएको छ ।       यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सत्यनारायण थापाले बताएका छन । थापाका अनुसार मतदान केन्द्रमा शनिबारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुलाई बन्दोबस्तीका सामग्रीसहित शनिबार जिल्लाका केन्द्रतर्फ पठाइएको छ । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ ।

रिप्लाई गर्नुहोस