फागुन १० गते २०८०
05:56: AM
फागुन १० गते २०८०
05:56: AM

वडाध्यक्षका उम्मेदवारको मृत्यु

वैशाख २७ गते २०७९
11:16 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्धारी अपडेट , प्यूठान । दाङमा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ का वडाध्यक्षका उम्मेदवार ५३ वर्षीय लवरु चौधरीको मृत्यु भएको हो। एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको मंगलबार राति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताउनुभयो। चौधरी मिर्गौला, कलेजोको विरामी हुनुहुन्थ्यो। चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई उपचारकालागि काठमाडौँस्थित टिचिङ अस्पतालमा लगिएको थियो ।चौधरीको काठमाडौंमा नै मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष वलीले जानकारी दिनुभयो। उहाँको शवलाई दाङ ल्याउने तयारी भइरहेको छ । मृतक चौधरी यस अघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गर्नुभएको थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page