असाेज १२ गते २०८०
09:38: AM
असाेज १२ गते २०८०
09:38: AM

जिल्ला स्तरीय बिद्यार्थि स्टेम च्यालेन्ज प्रतियोगिता प्यूठानमा सम्पन्न

वैशाख २५ गते २०७९
3:24 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । स्ट्रेम शिक्षा सुदृढिकरण जिल्ला स्तरीय बिद्यार्थि स्टेम च्यालेन्ज प्रतियोगिता सनिबार मुक्ति माद्यामिक बिद्यालय रातामाटामा सम्पन्न भएको छ । सामाजिक बिकास डिबिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठानमा रहेका सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थिहरुले गणित र बिज्ञान बिषयको आफुले निमार्ण गरेको शैक्षिक सामाग्री प्रदर्शन गरेको सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका स्टेम कार्यक्रम सहजकर्ता बिशाल पोख्रेलले जानकारी दिए ।   सामाजिक डिभिजन कार्यालय प्युठानका कार्यालय प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षता संगै सुरु भएको कार्यक्रममा प्यूठान जिल्लाका १० बिद्यालयको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला स्तरीय बिद्यार्थि सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएको छ । प्रस्तुतिकरण प्रतियोगिता बिद्यार्थिहरुले गणित र बिज्ञान बिषयको अध्यन गर्दा निमार्ण गरेको बिज्ञान प्रबिधि सँग सम्बन्धित शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेका थिए । जिल्ला स्तरीय बिद्यार्थी सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता सहभागिता जनाएको बिद्यालयको बिद्यार्थिहरुलाई बिषय बस्तु, स्ट्रेम सामाग्री परिमाण,शिक्षण बिधि र प्रस्तुतिकरण आदिलाई आधार मानेर मुल्याङन गर्दा प्रथम मुक्ति मा बि रातामाटा , द्धितीय माण्डबी मा बि नयाँगाउ , तृतीय जनता मा बि बाग्दुला र सान्वना दर्गा मा बि खबाङ भएको थियो । प्रतियोगितामा प्रथम ,द्धितीय ल, तृतीय र सान्वता हुनेलाई क्रमशः १५ हजार , १० हजार , ७ हजार र ४ हजार प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण सहजकर्ता बिशाल पोख्रेलले गरेका थिए । प्रतियोगितामा सहभागि भएर आफुहरुले आफ्नो क्षेमता प्रदर्शन गर्न पाएकोमा बिद्यार्थिहरुले खुशि समेत ब्यत गरेका थिए । यस्तो प्रकारको कार्यक्रमले आफुहरुलाई थप शैक्षिक सामाग्री निमार्ण गर्नको लागी हौसला बढेको बताउदै यस्तो खाले कार्यक्रम समय — समयमा गर्नु पर्नेमा समेत बिद्यार्थिले जोड दिएका थिए । जिल्लाका करिब ६० जना ब्यक्तिको उस्थितिमा सम्पन्न भएको कार्यक्रकमको मूल्याङकनकर्ताको रुपमा मोति मा बि बरौलाका शिक्षक तिलकराम पाण्डे र भरत शर्मा तथा स्वर्गद्धारी बहुमुखि क्याम्पसका सहायक प्रचार्य राम कृष्ण शर्माको सहभागीता रहेको थियो । 

रिप्लाई गर्नुहोस