प्यूठान – दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको घोराही डेरीमा आगलागी भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको डेरीमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ग्यास लिक हुँदा लागेको आगो प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएको छ ।