मंसिर १३ गते २०८०
02:10: PM
मंसिर १३ गते २०८०
02:10: PM

मोटरसाइकल दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु, एक जना घाइते

वैशाख २५ गते २०७९
1:19 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 प्यूठान । मोटरसाइकल दुर्घटनामा परि रोल्पामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बेलुका करिब ६ बजेतिर माडी गाउँपालिकाका घर्तीगाउँबाट परिवर्तन गाउँपालिकाको इरिबाङ तर्फ जाँदै गरेको रा ४ प ४८१ नम्बरको मोटरसाइकल माडी गाउँपालिका –४ रिजाबाङमा दुर्घटना हुदा चालक परिवर्तन –५ राङकोटका ३० वर्षिय मनिपाल बुढा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।सोहि मोटरसाइकलको पछाडि सवार दिलप्रसाद रोका मगर घाइते भएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताउनु भयो । मृतक वढामगर लाई पोष्टमार्टको लागी रोल्पा अस्पताल रेउघामा पुर्याएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page