असाेज १२ गते २०८०
10:25: AM
असाेज १२ गते २०८०
10:25: AM

प्युठान नगरमा गठबन्धनको चुनावी घरदैलो कार्यक्रम जारी

वैशाख २४ गते २०७९
5:44 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । प्यूठानको प्यूठान नगरपालिकामा सत्तारुढ गठबन्धन दलको चुनावी घरदैलो कार्यक्रम जारी रहेको छ । यसै क्रममा शुक्रबार प्यूठान नगरपालिका वडा नं.९ मा नाच्दै गाउँदै घरदैलो कार्यक्रम गरिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजय बनाउन गठबन्धन दल घरदैलो र चुनावी भेलालाई व्यापक बनाएको छ । पछिल्लो समय गठबन्धन दलप्रति स्थानीयहरूको जनलहर बढ्न थालेको छ । त्यही जनलहर वडा नम्बर ९ मा पनि बढेको छ ।े प्यूठान नगरपालिकामा ठबन्धनदलले नै जित्ने निश्चित रहेको वडा नं ९ का अध्यक्ष पदका उम्मेदवार बिकास केसीले बताए । शुक्रबारको घरदैलो पनि उत्साहमय भएको थियोे ।               प्युठान नगरपालिका प्रमुख पदका उम्मेदबार बिस्नु योगी , उपप्रमुख पदका उमेदबार देबेन्द्र बर्मा , नेपाली काङग्रसका केन्द्रिय सदस्य प्रा डा गोबिन्दराज पोख्रेल , क्षेत्र नं. २ का क्षेत्रीय सभापति रोज राणा लगायत गठबन्धनदलका नेता कार्यकर्ताको सहभागीता रहेको छ । शुक्रबार वडा नं. ९ को मजुवा , धय , ठूलासिमल र गुरिगाउमा कार्यक्रम गरिएको हो ।

रिप्लाई गर्नुहोस