असाेज ९ गते २०८०
08:24: AM
असाेज ९ गते २०८०
08:24: AM

प्यूठानमा मदिराजन्य पदार्थ बिक्रिमा रोक

वैशाख २३ गते २०७९
7:51 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई ,प्युठान । आसन्न स्थानीय तहको निर्वाचन अवधिभर प्यूठानमा मदिराजन्य पदार्थ बिक्रि तथा सेवन गर्न रोक लगाइएको छ । बैशाख ३० गते हुन लागेको पालिका चुनावमा मदिरा जन्य पदार्थको सेवन गरि झै झगडा हुृल हुज्जत लगायतको अबिछिन्न गतिबिधि गरि शान्ति सुब्यबस्था मा खलल पार्न सक्ने कुरालाई मध्यनजर गर्दै वैशाख २७ गतेदेखि लागू हुने गरी प्युठानमा मदिराको बिक्रि तथा सेवनमा रोक लगाइएको छ ।                                   जिल्लाको शान्ति सुरक्षाको स्थितीलाई ख्याल गर्दै यहि बैशाख ३० गतेसम्म जिल्लाभर मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । त्यस्तै शुक्रबार देखि लागु हुने गरि होटल ब्यबसायहरु पनि साझ ८ः०० बजेसम्म मात्र सञ्चालन गर्नको लागी जिल्ला प्रशासन कार्यालय प्यूठानले आग्रह गरेको छ ।

रिप्लाई गर्नुहोस