असाेज ९ गते २०८०
07:38: AM
असाेज ९ गते २०८०
07:38: AM

बागी उमेदबारलाई माओबादी केन्द्र प्यूठानद्धारा कारबाहि

वैशाख २३ गते २०७९
12:20 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्र प्यूठानले बागी उमेदबार दिएका प्यूठान नगरपालिका वडा नं. १० का अध्यक्ष सहित सदस्यलाई पार्टिको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको घोषणा गरेको छ । शुक्रबार नेकपा माओबादी केन्द्र जिल्ला समन्वयन समिति प्यूठानले एक प्रेस विज्ञप्ती निकाल्दै यस बारे जानकारी दिएको हो ।                                               कारबाहिमा परेका बागी उम्मेदबारहरु विज्ञप्तीमा प्यूठान नगरपालिका वडा नं १० मा माओबादी केन्द्र राष्ट्रिय जनमोर्चा र नेपाली काङग्रेस बीच चुनाबी गठबन्धन बनिरहेको बेला केन्द्रको नितिविपरीत उमेदबारी दिएका वडा अध्यक्ष पदका उम्मेदबार लोक बहादुर केसी , सदस्यहरुमा राजकुमार थापा , तेज बहादुर खडका , कुन्ता सुनार र निशा रोकामगर र प्यूठान नगरपालिका वडा नं. ४ वडा कमिटी सचिब हिमाल पौडेललाई पार्टिले कारबाहि गरेको स्पष्ट पारेको छ । नेकपा माओबादी केन्द्र प्यूठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्बन्धित वडामा गठबन्धन दलका उम्मेदरबारलाई सक्रियतापूर्बक चुनाबी अभियानमा लाग्न आग्रह पनि गरिएको छ ।

रिप्लाई गर्नुहोस