असाेज ९ गते २०८०
07:43: AM
असाेज ९ गते २०८०
07:43: AM

प्यूठान नगरपालिकामा गठबन्धनको बृहत घरदैलो अभियान

वैशाख २३ गते २०७९
6:37 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस , नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले प्यूठान नगरपालिकाका विभिन्न वडामा बृहत घरदैलो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुख्य बजार क्षेत्रमा गठबन्धनले चुनावी प्रचारप्रसारसँगै शक्ति प्रदर्शन समेत गरेको छ । गठबन्धनबाट नगपालिकाको मेयरमा माओवादीका बिष्नु योगी र उपमेयरमा नेपाली कांग्रेसका देबेन्द्र बर्मा सहितका नेता कार्यकताहरु घरदैलो अभियानमा सहभागि भएका छन् । दरदैलो अभियानका क्रममा उम्मेदवारहरुले वडाका समस्याहरु समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नगरका १० वटै वडामा अभियान सञ्चालन गरेको गठबन्धनले चुनावी प्रचारप्रसारलाईं तीव्रता दिएको छ ।    व्यक्तिगत स्वार्थ भन्दा देश र राष्ट्रको आवश्यकता अनुसार काम गर्ने उम्मेदवारहरुको भनाई रहेको छ ।आफुहरुले जित सुनिश्चित भएको र त्यसको प्राविधिक रुपमा फैसला हुन मात्र वाँकी रहेको उनीहरुको भनाई छ । यो गठबन्धन पहिलो प्राथमिकता सुशासन भएको सरकारी वडा कार्यालय देखि विद्यालयका भवन, खानेपानी, स्वास्थ्य, सडक स्तरवृद्धि, कृषि क्षेत्रमा परिवर्तन गर्ने लगाएत क्षेत्रमा काम गर्ने बताएका छन् ।

रिप्लाई गर्नुहोस