फागुन १० गते २०८०
07:31: AM
फागुन १० गते २०८०
07:31: AM

मेयरका उम्मेदबार बिष्णुको समृद्ध नगर बनाउने सपना

वैशाख २१ गते २०७९
8:09 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछई , प्यूठान । बिभिन्न सामाजिक क्षेत्र अनि संघसस्थामा आवद्ध हुँदै राजनिती यात्रामा छिरेका सरल स्वभावका धनी नेता हुन् बिष्णु योगी । २०२० सालमा बुवा गुरु प्रसाद योगी र आमा कुमारी देबि योगीको कोखबाट जन्मिएका प्यूठान नगरपालिका २ का योगी सानै उमेरदेखी राजनीति अनि विभिन्न सामाजिक क्षेत्रमा निकै अग्रसर हुने नेता हुन् । सानै उमेर देखि अर्थात २०३९ सालदेखि नै राजनितिक यात्रा सुरु गरेका हुन । क्याम्पस पढदा देखि राजनिती र समाजसेवामा खरिदै आएका योगी २०६४ सालदेखी नेकपा माओबादी केन्द्र पाटिमा एकदमै सकृय भएर लागिरहेका छन् । लगातार एक दशक बढी नेकपा माओबादी केन्द्रको एकदमै सकृय कार्यकर्ता भएर २०७५ सालममा नेपाल कम्युनिष्ट पार्टि नेकपाको जिल्ला कमिटि सचिवालय सदस्य तथा नगरकमिटी सचिब हुदै नेकपा एमाले र माओबादी अलग भएपछि उनि नेकपा माओबादी केन्द्र प्यूठान नगरकमिटिका अध्यक्ष भएका थिए । करिब १६ बर्ष प्यूठान जिल्लाकै सस्थागत तर्फको उत्कृष्ट बिद्यालय पब्लिक अङग्रेजी बिद्यालयको प्रेन्सिपल भएर काम गर्दै आएका थिए । पाटिमा गरेको योगदान अनि उनको समाज र जनताप्रतिको लगाबको मूल्याकंन गर्दै नेकपा माओबादी केन्द्रले उनलाई आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा प्यूठान नगरपालिकाको प्रमुख पदको उम्मेद्बार बनाएको छ। पाटिले दिएको जिम्मेवारी अनि स्थानिय जनताले गरेको भरोसालाई कुनै पनि अवस्थामा टुट्न नदिने अनि प्यूठान नगरपालिकालाई समृद्ध नमुना नगर बनाउने पहिलो प्रयास रहने र स्वस्थ जीवन स्वच्छ खानेपानी , र महिला तथा बालबालिकाहरु को मुद्दालाई पहिलो प्राथमिकता दिने प्रतिज्ञा समेत गरेका छन् । सामाजिक सुरक्षा, बिपद व्यवस्थापन ,भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त स्थानिय सरकार निर्माण गरि दलित लक्षित र द्वन्द पिडित कार्यक्रम लाउने,जेष्ठ नागरिकहरुलाई सम्मान गरिने,खोला नाला र कटान भएको ठाउँमा तटबन्धनको व्यवस्था गरिने, प्यूठान नगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्दता गरेका छन् । आसा छ बिस्णुले स्थानिय जनता अनि हामी माझ गरेका प्रतिज्ञा पूरा गर्न कुनै कसर बाँकि राख्ने छैनन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page