जिल्ला स्तरीय शिक्षक शैक्षिक सामग्री प्रदर्शन सम्पन्न
स्वर्गद्वारी अपडेट
वैशाख २१ गते २०७९
5:44 AM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्ला स्तरीय शिक्षक शैक्षिक सामग्री प्रदर्शन तथा प्रस्तुतीकरण मङगलबार मुक्ति मा बि रातामाटामा सम्पन्न भएको छ । सामाजिक डिभिजन कार्यालय प्यूठानको आयोजनामा सञ्चालन गरिएको प्रदर्शनी तथा प्रस्तुतीकरणमा जिल्लाका ७ बिद्यालयको सहभागीता रहेको थियो ।
कार्यक्रममा कक्षामा विज्ञान र गणित बिषयको अध्यनको क्रममा शिक्षकले नतिजा सुधारको लागी प्रयोग गरिएको शैक्षिक समागी्रहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रदर्शनी तथा प्रस्तुतीकरण गर्ने दुर्गा माबि खबाङ प्रथम भएको छ । उक्त बिद्यालयबाट शिक्षक महेन्द्र पण्डित प्रर्दशनीमा सहभागी भएका थिए । त्यस्तै द्धितीय जनता माबि बाट शिक्षक बसन्त खडका र राम बहादुर भण्डारी ,तृतीय मुक्ति मा बि बाट याङक बहादुर बिष्ट , प्रमिला पोख्रेल र अर्जुन खडका र सान्वना गणेश मा बि तिरामका जगतनाथ गौतम भएका थिए । प्रथम द्धितीय तृतीय र सान्वनाले क्रमशः १० हजार , ७ हजार , ४ हजार र १५ सय प्राप्त गरेका छन ।
कार्यालय प्रमुख बिष्णु प्रसाद भुषालको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा जिल्लाका ३५ बढी गणित तथा बिज्ञान शिक्षकको सहभागीतामा रहेको थियो । उक्त प्रदर्शनी तथा प्रस्तुतीकरण कार्यक्रमको मुल्याङकन सामाजिक डिभिजन कार्यालय प्यूठानका स्टेम कार्यक्रम सहजकर्ता बिशाल पोख्रेल र मोति मा बि बरौलाका प्रअ तिलकराम पाण्डेले गरेका थिए ।
त्यस्तै आउदो बैशाख २४ गते बिद्यार्थीद्धारा निर्माण गरिएको सामगी्रको प्रदर्शनी पनि मुक्ति मा बिमा गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।