असाेज ९ गते २०८०
08:24: AM
असाेज ९ गते २०८०
08:24: AM

प्यूठान नगरपालिकामा गठबन्धको चुनावी रौनक

वैशाख २० गते २०७९
7:05 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिकामा गठबन्धको चुनावी रौनक बढेको छ । सोमबार प्यूठान नगरपालिकाकोे विभिन्न वडाहरुमा मेयर पदका उम्मेदवार बिष्णु योगी, उपमेयर पदका उम्मेदवार देबेन्द्र बर्मा लगायत गठबन्धनका नेताहरूले चुनावी अभियानलाई सम्बोधन गरेका छन् । यसैबीच प्यूठान नगरपालिका ५ मा भएको चुनावीसभामा गठबन्धनका उम्मेदवारहरुलाई वडावासीले भव्य स्वागत गरेका छन् ।  प्यूठान नगरपालिका वडा नं. ५ मा भएको चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार बिस्नु योगीले एमालेको प्रतिगमन र अराजक शैलीका कारण गठबन्धन गर्न बाध्य भएको बताए । जनताले एमालेको प्रवृत्ति बुझिसकेको बताउँदै उनले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी हुनेमा ढुक्क रहेको बताए । साथै उनले प्यूठान नगरपालिकाको विकास र समृद्धिका लागी गठबन्धनको विकल्प नरहेको समेत बताए ।  त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उप–मेयर पदका उम्मेदवार बर्माले सडक, स्वास्थ्य, शिक्षा, सिचाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै प्यूठान नगरपालिकाको समग्र विकास र शुसासनका लागी अत्यधिक बहुमतले विजयी गराउन अपिल गरे । 

रिप्लाई गर्नुहोस