राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस प्यूठानमा पनि मनाइयो
स्वर्गद्वारी अपडेट
वैशाख १९ गते २०७९
8:23 PM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ सोमभबार प्यूठान सहित देशभर मनाइएको छ ।
जिल्लामा दिवशको अबसरमा डिजिटल ट्रान्सफरेन्सि फर डिजिटल नेपाल बिषयक अन्तरक्रियात्मक कार्यक्रम गरेर मनाइएको हो । प्यूठानको बाग्दुलामा जनता मा बि सिटिभिटिमा अध्यन्रत छात्रछात्राको सहभागीतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सुचना प्रविधिको महत्व , आबस्यक्ता तथा सकारात्मक र नकारात्मक प्रभाबको बारेमा छलफल गरिएको आयोजकले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रुपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ ।कार्यक्रममा कम्प्युटर एसोसियसन अफ नेपाल महासंघ प्यूठानका अध्यक्ष सुवास घिमिरेले दिवसका अवसरमा शुभकामना दिँदै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ ।