एक घर एक स्वरोजगार अभियान सहित घरघरमा प्यूठान नगरपालिकाको गठबन्धन
स्वर्गद्वारी अपडेट
वैशाख १९ गते २०७९
11:55 AM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको प्यूठान नगरपालिका सहित अन्य पालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । प्यूठान जिल्लाको प्यूठान नगरपालिकामा पनि गठबन्धनको तर्फबाट उम्मेदबार दिएका मेयर पदका उम्मेदबार विष्णु योगी उपप्रमुख देबेन्द्र बर्मा लगायतको टोलिले अहिले घरदैलो अभियानलाई तीब्रता दिएका छन ।
एक घर एक स्वरोजगारको लोकप्रिय नारा बोकेर गाउघरमा जादा आफुले सोचेभन्दा बढीको साथ प्राप्त गरेको मेयरका उम्मेदबार बिष्णु योगीले बताएका छन । त्यस्तै नेकपा एमालेको प्रतिगमन लाई नष्ट गर्नको लागी गठबन्धन दल एकमा एक भएर आएको उपमेयरका उम्मेदबार बर्माले बताएका छन । त्यस्तै प्यूठान नगरपालिकाको बिकासमा कुनै पनि कसुर बाकी नराख्ने मेयरका उमेदबार योगीले बताएका छन ।