स्वर्गद्धारी अपडेट , प्यूठान । कपिलवस्तुको बुद्धभूमि गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षमा एमालेका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएको छ । तिवारीको मृत्युपछि स्थानीय तहको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । हिजो निधन भएको सूचना आएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।