असाेज ९ गते २०८०
08:33: AM
असाेज ९ गते २०८०
08:33: AM

नौबहिनीमा छोराद्वारा बुबाको हत्या

वैशाख १८ गते २०७९
9:03 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । प्युठान नौबहिनी ४ खबाङको खप्रेटा भन्ने ठाउँमा आफ्नै बुबालाई छोराले चिर्पट प्रहार गरेर हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बाहानेका अनुसार मृतक ८६ बर्षिय जङ्ग बहादुर सुनार हुन् । इलाका प्रहरी बाहानेका प्रमुखका प्रमुख भानुभक्त अर्यालका अनुसार बुबा– छोराको बारम्बार झगडा र कुटपिट भइरहने कारणले घटना हत्या सम्ममा पुगेको हुनसक्ने आसंकामा अन्दाजी ३७ वर्षीय तुलबहादुर सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । घटना अपराह्न ४ः ४५ मा भएको र शंकास्पद व्यक्तिले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस