अनुज पछाई , प्यूठान ।सत्तारुण गठबन्धनको तर्फबाट प्यूठान नगरपालिकाका उम्मेदवारहरूले प्यूठान नगरपालिका लाई नमुना नगरपालिका बनाउने उद्घोष गरेका छन् । गाउँमा मतदाताहरुसग मत माग्दै उनीहरूले यस्तो बत्ताएका हुन् । प्यूठान नगरपालिका प्रमुख का उमेदवार बिष्णु योगी र उपप्रमुख देबेन्द्र बर्मा ले प्यूठान नगरपालिकालाई समृद्ध नगर बनाउनको लागी बर्मा बिस्नु एक भएर आएको बताएका छन ।
त्यस्तै गरि स्थानिय सरकारमा दलित र जनजाति समुदायको नेतृत्वलाई माथी उठाउनको लागी पनि प्यूठान नगरपालिकामा गठबन्धनलाई नै भोट गर्नुपर्ने बताएका छन । प्यूठान नगरपालिकामा युवाको नेतृत्वलाई बिकास गर्न , स्वास्थ्य क्षेत्रलाई बिकास गर्न ,कृषिमा आधुनिकीकरण गर्न , प्रत्यक परिवारलाई उद्यमी बनाई एक घर एक स्वरोजगार बनाउन , सहकारीलाई उत्पादनमुलक कार्यक्रममा लगाउन ,प्राबिधिक र व्यबाहारिक शिक्षलाई बृद्धि गर्नको लागी पनि प्यूठान नगरपालिकामा गठबन्धलाई विजय गराउनुपर्ने उनिहरुको भनाई रहेको छ ।
त्यस्तै दिगो बिकासको अबधारणा अनुरुप भौतिक बिकास गर्ने , स्थानिय स्रोत साधनको अधिकतम प्रयोग गर्न लगायतका कार्य गर्नको लागी प्यूठान नगरपालिकामा गठबन्धका बिष्णु योगी र देबेन्द्र बर्मा लगायत सम्पूर्ण गठबन्धनको समुहलाई भोट दिई विजयी गराउनको लागी उनिहरुले आग्रह गरेका छन ।