मंसिर १२ गते २०८०
06:23: PM
मंसिर १२ गते २०८०
06:23: PM

अर्घाखाँचीमा खोलाले बगाएर बालिकाको ज्यान गयाे

वैशाख १७ गते २०७९
3:05 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

अर्घाखाँचीमा खोलाले बगाएर बालिकाको ज्यान गयाे

अर्घाखाँची – अर्घाखाँचीको  भूमिकास्थान नगरपालिकामा गएराति आएको बाढीले  बगाएर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १  ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिका शिवानी घर्तीको ज्यान गएको हो ।प्युठान मल्लरानी गाउँपालिका २ की शिवानी आफ्नी दिदीकाे घर ढाकाबांग आउने क्रममा खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताउनुभयाे । खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा शव फेला परेको प्रनाउ थापाको भनाइ छ । उहाँका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाइएको छ ।यस्तै बाढीले ५ घरमा क्षति पुर्‍याएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page