असाेज ९ गते २०८०
09:23: AM
असाेज ९ गते २०८०
09:23: AM

दाङमा बोलेरो जिप दुर्घटना

वैशाख १६ गते २०७९
11:10 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
१५–वैशाख÷ रोल्पाको जुँगारबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना परेर भाईते भएका यात्रुहरुको परिचय खुलेको छ । घाईते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३ की ३१ वर्षीया अनिता घर्ती, वडा नं. २ की २२ वर्षीया कृष्ण कुमारी पुन, वडा नं. ३ कै ३६ वर्षीय चेत बहादुर पुन, वडा नं. ४ की २२ वर्षीया खुमा पुन र उनको १ वर्षीया छोरी रोहानी पुन रहेका छन् । त्यसैगरी त्रिवेणी गाउँपालिका वडा नं. ६ का १८ वर्षीय रेशम खड्का, सल्यानको कपुरकोट गाउँपालिका वडा नं. १ की २५ वर्षीया मालती घर्ती, जीप चालक त्रिवेणी गाउँपालिका वडा नं. ४ का २१ वर्षीय रण बहादुर घर्ती, सोही ठाउँका ३६ वर्षीया कमला डाँगी र कपुरकोट गाउँपालिका वडा नं. १ का ४२ वर्षीया हिरामती बिक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।घाईते मध्ये अनिता घर्ती, कृष्ण कुमारी पुन, चेत बहादुर पुन, रेशम खड्का र जीप चालक रण बहादुर घर्तीलाई थप उपचारको लागि कोहलपर रिफर गरिएको डिएसपी अर्यालले जानकारी दिए । अन्य घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । रोल्पाको जुँगारबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ५१० नं. को बोलेरो जीप बिहीबार मध्यान्न १२ बजे तुलसीपुर ३ हर्नेटीमा दुर्घटनामा परेको थियो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी चालकसहित १० जना यात्रु घाईते भएका छन् ।

रिप्लाई गर्नुहोस