असाेज ९ गते २०८०
07:49: AM
असाेज ९ गते २०८०
07:49: AM

बहाने बजारका ३१ पसलमा अनुगमन , ४ हजार बराबरको सामग्री नष्ट

वैशाख १४ गते २०७९
8:37 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । जिल्लाको नौबहिनी गाउपालिकामा रहेका पसमग्री नष्टलहरुको मंगलबार अनुगमन गरिएको छ । नौबहिनीको बहाने बजारमा सञ्चालनमा आएका ३१ पसलहरुको एक टोलीद्धारा अनुगमन गरिएको हो ।जिल्ला प्रशासन कार्यालय प्युठानको पहलमा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेको नेतृत्वमा साना तथा घरेलु उद्योग कार्यालयका प्रतिनिधि , उद्योग वाणिज्य संघ प्युठानका प्रतिनिधि , पत्रकार महासंघका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद सकिएका , सडेगलेका सामानहरू फेला परेका थिए । अनुगमनकै क्रममा करिब ३ हजार ९१५रुपैया बराबरको म्याद सकिएका सडेगलेका सामग्रीहरुको जफत गरि नष्ट गरीएको छ । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका पसलहरूलाई सरकारी मापदण्ड अनुसार दर्ता गरि पसल संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यावाहि गर्ने चेतावनी पनि दिईएको थियो । प्युठान जिल्लाका सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख जिल्ला अधिकारी शुनिता नेपालले जानकारी दिएकी छन ।

रिप्लाई गर्नुहोस