मंसिर १२ गते २०८०
06:51: PM
मंसिर १२ गते २०८०
06:51: PM

प्यूठानमा आबस्यक्ता भन्दा तीन गुणा बढीको उमेदबारी

वैशाख १३ गते २०७९
12:44 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानमा स्थानीय तह निर्वाचनका लागि ९ सय ९१ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाका नौ स्थानीय तहमा ३ सय ४३ पदका लागि ९ सय ९१ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।जिल्लाको प्यूठान नगरपालिकामा ४ प्रमुख र ४ उपप्रमुख सहित १५३, स्वर्गद्धारी नगरपालिकामा ६ प्रमुख र ३ उपप्रमुख सहित ११२ , नौबहिनी गाउँपालिकामा ४ अध्यक्ष र ४ उपाध्यक्ष सहित ११६ ,झिमरुक गाउपालिकामा ७ अध्यक्ष र ५ उपाध्यक्ष सहित १४५ र गौमुखि गाउपालिकामा ६ अध्यक्ष र ४ उपाध्यक्ष सहित १३६ जनको उमेदबारी परेको छ । त्यस्तै सरुमारानी गाउपालिकामा ४ अध्यक्ष र २ उपाध्यक्ष सहित ७२ ,ऐरावती गाउपालिकामा ३ अध्यक्ष र ३ उपाध्यक्ष सहित १०६ , मल्लरानीमा ४ अध्यक्ष र ४ उपाध्यक्ष सहित ८३ र माण्डबी गाउपालिकामा ६८ जनाको विभिन्न पदमा नाम दर्ता भएको जिल्ला निर्बाचन कार्यालय प्यूठानले जनाएको छ । आवश्यक भन्दा झन्डै तीन गुणा बढी उम्मेदवारी परेको जिल्ला निर्बाचन अधिकृत राजन श्रीवास्तवले बताएका छन । अहिले जिल्ला निर्बाचन कार्यलयमा रुजु भैरहेकाले प्रारम्भिक तथ्याङकमा केहि तलमाथी हुन सक्ने उनको भनाई छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page