अनुज पछाई , प्यूठान । यही वैशाख ३० गते हुने स्थानयि निर्वाचनका लागि सोमबार साझसम्म उम्मेदवारी दर्ता भएको थियो ।जिल्लाको ऐरावती गाउँपालिकामा १०८ जनाले मनोनयन दर्ता गराएका छन । जसमध्य अध्यक्षमा ३ जनाको मनोनयन दर्ता परेको छ । उपाध्यक्षमा पनि ३ जनाकै दर्ता परेको छ ।
ऐरावतीकै वडा नं. १ को वडा अध्यक्षम ४ जनाको मनोनयन परेको छ । त्यस्तै वडा नं. १ को सदस्यमा ६ जना महिला सदस्य ३ जना दलित महिला सदस्य ३ जना गरि वडा नं १ मा १६ जनाको उमेदवारी दर्ता भएको छ ।
वडा नं. २ मा अध्यक्षको लागी ४ ,सदस्यको लागी ६ महिला सदस्यको लागी ३ र महिला दलित सअस्यको लागी ३ जना गरि १७ जनाको उमेदवारी परेको छ ।
वडा नं. ३ मा अध्यक्षको लागी ४ जना , सदस्यको लागी ७ ,महिला सदस्यको लागी ३ र दलित महिला सदस्यको लागी ३ जना गरि १७ जनाको उमेदबारी परेको छ ।
वडा नं. ४ मा अध्यक्षको लागी ४ जना , सदस्यको लागी ८ ,महिला सदस्यको लागी ४ र दलित महिला सदस्यको लागी ४ जना गरि २० जनाको उमेदबारी परेको छ ।
वडा नं. ५ मा अध्यक्षको लागी ३ जना , सदस्यको लागी ७ ,महिला सदस्यको लागी ३ र दलित महिला सदस्यको लागी ३ जना गरि १६ जनाको उमेदबारी परेको छ ।
वडा नं. ६ मा अध्यक्षको लागी ३ जना , सदस्यको लागी ७ ,महिला सदस्यको लागी ३ र दलित महिला सदस्यको लागी २ जना गरि १५ जनाको उमेदबारी परेको छ ।