फागुन १० गते २०८०
05:55: AM
फागुन १० गते २०८०
05:55: AM

झिमरूकमा एमाले र माओवादीबीच गठबन्धन

वैशाख १२ गते २०७९
1:36 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्धारी अपडेट , प्यूठान ।जिल्लाको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो । एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य राखिएको छ । यस्तै जनमोर्चा र काँग्रेसबीच तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्नै नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page