असाेज १२ गते २०८०
09:53: AM
असाेज १२ गते २०८०
09:53: AM

जानकीले गर्याे ३१ पूर्व शिक्षक र सस्थापक सदस्यलाई सम्मान

वैशाख १२ गते २०७९
9:02 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. २ चितिखोलामा रहेको जानकी मा बि ले सनिबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयका पूर्व शिक्षक , पूर्व बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा सस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । सनिबार ११ जना पूर्व शिक्षक र २० जना पूर्व बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष र सस्थापक सदस्य गरि ३१ जनालाई सम्मान गरिएको बिद्यालयका प्रध्यानाध्यापक बामदेव पोख्रेलले बताएका छन । हाल माद्यमिक तह कक्षा १० सम्म सञ्चालनमा रहेको जानकी मा बि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजनामा रहेको छ । अहिले बिद्यालयले आफ्नै लगानीमा कक्षा सञ्चालन गर्न नसक्ने भएपछि जानकी मा बिले सनिबार नै कक्षा १२ सञ्चालन तथा बिद्यालय स्थानान्तरण गर्दा चन्दा सङकलन गर्ने विषयमा पनि छलफल भएको प्र अ पोख्रेलले बताएका छन । अहिले सञ्चालन भैरहेको स्थानबाट बिद्यालय सञ्चालन गर्दा ठाउँको अभाव , पहिरोको समस्या र निर्माणधिन राजमार्गले भबिष्यमा पढाइलाई पनि समस्या हुने भएकाले बिद्यालय स्थानान्तरण गर्नुपरेको प्रअ पोख्रेलको भनाई रहेको छ । बिद्यालय स्थानान्तरण तथा कक्षा १२ सम्म सञ्चालन गर्दा बिद्यालयमा अध्यापन गराइरहेका सम्पूर्ण शिक्षकले एक महिनाको तलव वरावरको रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको प्रअ पोख्रेलले बताए । त्यस्ते सनिबार सम्मान कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपति र विशेष अतिथीको रुपमा सहभागी भएका प्यूठान नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले नगद रु २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । त्यस्तै स्थानीय समाजेवी तथा शिक्षा प्रेमी शेरसिङ बिष्टले बिद्यालय स्थानान्तरणको लागी रु ५० हजार १५० सहयोग गर्नुभएको छ ।

रिप्लाई गर्नुहोस