मंसिर १२ गते २०८०
08:04: PM
मंसिर १२ गते २०८०
08:04: PM

दारी ग्याङ प्युठानले गर्याे खाद्यान्न सहयोग

वैशाख १२ गते २०७९
8:53 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । दारी ग्याङ प्युठानले आफ्नो सहयोगको यात्रालाई निरन्तर दिएको छ । प्यूठानमा स्थापना कालदेखि निरन्तर गरिव दुखिको घाउमा मलम पटि बनेर उदाएको दारी ग्याङ प्यूठानले पछिल्लो समयमा आर्थिक अभावको कारण उपचारबाट बन्चित भएकाहरुको लागी आर्थिक सङकलन गरि उपचारमा सहयोग गर्ने लगायतका सामाजिक कार्यका काम गर्दै आएको छ । प्यूठान जिल्लामा केहि युवाहरुको सक्रियतामा स्थापना भएको एक बर्षको अबधिमा सामाजिक कार्यमा आफ्नो नाम अग्रपङतिमा राख्न सफल भएको दारी ग्याङ प्यूठान । सामाजिक कार्यको अभियानकै क्रममा दारी ग्याङ प्यूठानले प्यूठानको २ घरमा खाद्यन्न सहयोग गरि चुलो बाल्ने वातावरण सिर्जना गरेको छ । प्युठान न पा ५ निवासी लिला पुन र यम बहादुरको घरमा पुगेर खाद्यन्न सहयोग गरेको छ । प्यूठान नगरपालिका ५ कोछे ( पुरानो बास्कोट) निवासी पुनको आर्थिक अवस्था निकै कमजोर रहेको छ । आर्थिक को कुनै स्रोत नभएको उक्त परिवारमा पुन सहित ६ जनाको परिवार छ । बिहान बेलुका चुलो वोल्ने वातावरण पनि छैन भन्ने समाचार सुनेपछि सहयोग गर्न पुगेको दारी ग्याङ प्यूठानका अध्यक्ष सुरज खनालले बताएका छन । त्यस्तै प्युठान न पा ५ कै एक असक्त जेृष्ठ नागरिक निवासी आर्थिक अवस्था नाजुक रहेका यम बहादुर बिक लाई पनि खाद्यन्न सहयोग गरिएको अध्यक्ष खनालले बताएका छन । दुबै परिवारलाई ५÷५ हजार बराबर को खाद्यान्न सहयोग गरिएको अध्यक्ष खनालले जानकारी दिए । साथै आर्थिक सहयोग गर्ने सहयोगी मनप्रति अध्यक्ष खनालले आभार ब्यक्त गरेका छन । यो साथै दारी ग्याङ प्यूठानले निशुल्क सेनेटरी प्याडको वितरसण , रक्तदान कार्यमा सहभागी लगायतका सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page