असाेज १२ गते २०८०
08:40: AM
असाेज १२ गते २०८०
08:40: AM

नेरेसो प्यूठान जिल्ला शाखाद्धारा स्वास्थ्य सामग्रिहरु हस्तान्तरण

वैशाख १२ गते २०७९
8:43 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाद्वारा जिल्लाका विभिन्न पालिकामा कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि आबश्यक स्वास्थ्य सामग्रिहरु हस्तान्तरण गरेको छ । शुक्रबार र सनिबार प्यूठानका तीन पालिकामा उक्त सामगी्र हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीले बताएका छन । जिल्लाका ऐरावति, झिमरुक,र गौमुखि गाँउपालिकामा १ हजार पिस सर्जिकल मास्क,२ सय पिस लुज ग्लोब्स, २ पिस अक्सिमिटर, १० लि.सेनिटाइजर, १० लि.किटनाशक झोल, १ थान अक्सिजन कन्सन्टेटर १० लि. र ८० लिटरका डस्टबिन २ थान हस्तान्तरण गरिको सभापति पुलामीले जानकारी दिए । सभापति पुलामीले गौमुखि गाउँपालिकाका स्वास्थ्य निरीक्षक केशब बहादुर केसी र झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकाश केसीलाई हस्तान्तरण गरेका हुन । त्यस्तै शुक्रबार ऐरावति गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । सभापति पुलामीले कोभिड १९ हुदा मात्र सेनिटाइटर र माक्स खोज्ने प्रवृत्ति रहेकाले यस खाले सामग्रीहरु सधै आबस्यक्ता हुने बताउदै वितरण गरिएको बताए ।

रिप्लाई गर्नुहोस