इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र बर्नली विजयी
स्वर्गद्वारी अपडेट
वैशाख १२ गते २०७९
7:04 AM
स्वर्गद्वारी अपडेट
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उपाधि होड कायमै राखेको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ ।म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । घरेलु मैदानमा लिभरपुललाई जितलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरेका थिए ।यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र बर्नली विजयी भएका छन् भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई गोलको बराबरी खेलेका छन् ।चेल्सीले वेस्ट ह्यामलाई र बर्नलीले वुल्भ्स्लाई १–० गोल अन्तरले पराजित गरेका हुन् । जितसँगै ६५ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ भने बर्नली ३१ अङ्कका साथ १७औँ स्थानमा छ ।