असाेज ९ गते २०८०
09:20: AM
असाेज ९ गते २०८०
09:20: AM

गठबन्धनबाट माण्डबीमा अध्यक्ष सहित सबै वडामा उमेदवारको नाम टुङगियो

वैशाख ११ गते २०७९
4:30 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 लव कुमार अधिकारी, जस्पुर । माण्डबी गाउपालिकाको अध्यक्ष सहित सबै वडामा उमेदवारको नाम टुङगो लागेका छ । अध्यक्षमा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका नेता नवराज अधिकारी (रोशन) यस अघि नै सर्बसहमति चयन भएका थिए । त्यस्तै मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार सम्म सबै वडामा वडा अध्यक्ष र सदस्य उमेदवारको नाम पनि टुङगेको छ । जस अन्तर्गत वडा नं १ को वडा अध्यक्षमा बाम बुढा र सदस्यहरुमा रिषिराम अधिकारी , खिम बहादुर राउमगर , तुल्सा परियार र शुसिला घर्ती रहेका छन । वडा नं २ को वडा अध्यक्षमा प्रकाश वली र सदस्यहरुमा श्रीधर पुन , यम बहादुर पुन , रमा पौडेल र लक्ष्मि कामी रहेका छन । त्यस्तै वडा नं ३ को वडा अध्यक्षमा तीलकृण अधिकारी र सदस्यहरुमा रेशम बहादुर ठेडिमगर ,ओम बहादुर खनाल ,सिता थापा ,र रिता सुनार रहेका छन । वडा नं. ४ को वडा अध्यक्षमा डिल घर्तीमगर र सदस्यहरुमा बालाराम खत्री , तेज वहादुर दमाई ,वष्णा मल्ल ठकुरीर बालिका नेपाली रहेका छन । त्यस्तैवडा नं. ५ को वडा अध्यक्षमा नरेन्द्र खडका सदस्यहरुमा कमल मल्ल , गुञ्जमान केसी , साबित्रा सुनार र लिला थापा मगर रहेका छन । गठबन्धनको भागबण्डामा उपाध्यक्ष नेपाली काङग्रेसले पाएकोमा आकाक्षी धैरै हुदा यो समाचार तयार पार्दा सम्म नाम टुङगो नलागेको गठबन्धन माण्डबी गाउँपालिकाले जनाएको छ । आइतबार साझ ५ बजे सम्म उपाध्यक्षको टुङगो गरि आइतबार नै मनोनयन दर्ता गर्ने तयारी रहेको छ । नेपाली काङग्रेसबाट उपाध्यक्षमा पूर्ण कालाथोकि , दिपक केसी र रामचन्द्र पौडेल आकांक्षी देखिएका छन ।

रिप्लाई गर्नुहोस