फागुन १० गते २०८०
07:12: AM
फागुन १० गते २०८०
07:12: AM

प्यूठान नगरपालिकाको मेयर माओबादीले पायो ः पुन कक्षपति नै मेयमा सिफारिस

वैशाख ११ गते २०७९
5:24 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । आसन्न स्थानिय तह निर्बाचनमा सत्ता गठवन्धनले प्यूठान नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । अब प्यूठान नगरपालिकामा माओवादीबाट मेयरमा पूनः अर्जुन कुमार कक्षपती दोहोरिदै छन् भने कांग्रेसबाट उपमेयरमा यस अघि मेयर पदमा उठेका देबेन्द्र बर्मा लड्दै छन् ।प्यूठान नगरपालिकामा अब कांग्रेसलाई ५ वटा वडा अध्यक्ष परेको छ । वडा नम्वर १, २, ६,७ र ८ कांग्रेसलाई र माओवादीलाई तीन वटा वडा अध्यक्षमा वडा नम्वर ३, ४ र ९ दिइएको छ । राष्ट्रिय जनमोर्चालाई वडा नम्वर ५ र १० को वडा अध्यक्ष दिने सहमती भएको स्रोतले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page