अनुज पछाई , प्यूठान । साहित्य परिसद प्यूठानले सनिबार आफ्नो नबौ अधिबेसन तथा सष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्यूठान जिल्ला मा २०५२ सालमा स्थापना भएको परिसदले नबौ अधिबेसनको अबसर पारेर सष्टा सम्मान र पुस्तक विमोचन पनि गरेको हो ।
नवौ अधिबेसनले नवराज आचार्यका अध्यक्षतामा १७ सदस्यि नयाँ कार्य समिति गठन गरिएको छ । जस्को उपाध्यक्षमा विमला खनाल ,सचिव धुर्ब गीरी , सहसचिब महेश थापा र कोषाध्यक्षमा राजकुमारी कुवरलाई सर्बसहमति चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा नारायण पाण्डे , गोपालय बिष्ट , सुमन सुबेदी , विपि सेडाई , भानुभक्त पोख्रेल , सनम परियार , सिला खडका , लक्ष्मी मगर सङघर्ष , रामप्रसाद पोख्रेल र खेमराज सुबेदी चयन भएका छन । त्यस्तै सल्लाहकारमा गेहराज थापा , टोपाराम आचार्य , देबेन्द्र कुमार रिजाल ,कमल पोख्रेल र भेषमान गीरीलाई चयन गरिएको छ ।
कार्यक्रममा २ वटा पुस्तक पनि विमोचन गरिएको छ । आचार्य सम्बन्धि तयार गरिएको विराटनगरका प्रमोद प्रधानद्धारा लिखित बिजयराज आचार्यको पुस्तक र साहित्यकार नारायण पाण्डेद्धारा लिखित आरोग्य दर्पणको विमोचन गरिएको हो ।
त्यस्तै ३ जना सष्टालाई सम्मान पनि गरिएको छ । साहित्य प्रतिभा पुरस्कार अक्षकोषद्धारा नेपाल प्रज्ञा प्रतिसठान का प्रा डा गोबिन्द पौडेल , स्मृति साहित्य पुरस्कार अक्षकोष अन्तर्गत साहित्यकार भोमान गीरी र ठगी कुमारी साहित्य तथा पत्रकारीता पुरस्कार अन्तर्गत साहित्यकार पदम प्रसाद शर्मालाई सम्मान गरिएको हो ।