लव कुमार अधिकारी, प्यूठान । जिल्लाको माण्डबी गाउँपालिका चकचकेका एक युवा गत बैशाख ४ गते देखि परिवारको सम्पर्कमा आएका छैनन । ३५ बर्षिय कृष्ण प्रसाद सुवेदी ,(शोभाखर सुवेदी ) ५ दिनदेखि बेपत्ता भएका छन ।परिवारको अनुसार बैसाख ४ गते कृष्ण सुवेदी र निजको आमा चौरासी पुजाको लागी कपिलबस्तुको कुश्मा भन्ने गएका थिए । बैशाख ४ गते दिउँसो करिब ४ बजेको समयमा चौरासी पुजा गर्ने स्थान बाट हिडेका सुवेदी अहिलेसम्म घरपरिवार बाट सम्पर्क बिहिन रहेको निजको भाई कमल सुबेदिले बताए ।सुबेदिको स्थायी ठेगाना अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर – ९ गोखुङ्गा सल्ले हो । अहिले विगत २ दशक देखि माण्डबी गाउँपालिकाको चकचकेमा सपरिवार नै अर्घाखाचि होटेल सञ्चालन गर्दै आएका छन । सुबेदी सामान्य मानसिक रोगी पनि रहेको परिवारले जनाएको छ । अहिले प्रहरीद्धारा खोजिकार्य चलिरहेको दिदि कमला घिमिरेले बताएकी छन ।