मेयर र उपमेयरमा नेपाली काङग्रेस प्यूठान नगरपालिककाबाट दस जना सिफरिस
स्वर्गद्वारी अपडेट
वैशाख ९ गते २०७९
10:05 PM
स्वर्गद्वारी अपडेट
प्यूठान ः नेपाली कांग्रेस प्यूठान नगरपालिका स्तरीय समितीले मेयर र उपमेयर पदमा सहमती जुट्न नसकेपछि दश जनाको नाम एकमुष्ठ सिफारिस गरिएको छ । नगर सभापती नेत्र बहादुर केसीका अनुसार दुई जना महिला र सात जना पुरुषको नाम सिफारिस गरिएको छ ।पार्टी पूर्व सभापती सुवास केसी, शालिकराम पण्डित, अमंरप्रसाद भण्डारी सहित देबेन्द्र बर्मा, मेघराज भट्ट, भगवता विष्ट, नारायणी कुमारी थापा, रिखिराम पण्डित, खगेश्वर थापा र विरेन्द्र थापाको नाम सिफारिस भएको छ । पार्टीका वर्तमान जिल्ला उपसभापती बर्मा यस अघि पनि मेयरमा चुनाव लडेका थिए ।नगरस्तरीय समितिले दश जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ । पालिकास्तरका उमेदवारको निर्णय कांग्रेसमा जिल्लाले नै गर्ने प्रावधान छ । सिफारिस भएका दश जनामध्येबाट मेयर र उपमेयरको निर्णय जिल्लाबाटै भएर आउने नगरसभापती केसीले जानकारी दिए ।