एउटै हात तीन ठाउँबाट भाचिएको बालकको उपचारमा आर्थिक समस्या
स्वर्गद्वारी अपडेट
वैशाख ९ गते २०७९
7:40 PM
स्वर्गद्वारी अपडेट
केशर सुनार , प्यूठान ।जिल्लाको गौमुखि गाउँपालिका ६ लिवाङ निवासि एक बालकको घास काटने क्रममा लडेर एउटा हात तीन ठाउँबाट भाचिएको छ । स्थानिय जित बहादुर सुनारको छोरा बर्ष १० को पारस सुनारको हात भाचिएको हो । जिल्लामा उपचार सम्भव नभएपछि सुनार परिवारलाई अहिले आर्थिक सङकट परेको छ । बाबु जित बहादुरले भारतमा मजदुरी गर्दै आइरहेका छन ।
हातमा रड राखेर उपचार गर्नुपर्ने डाक्टरको भनाई रहेको छ । अहिले बालक सुनारको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भैरहेको छ । आर्थिक अबस्था कमजोर भएकाले आर्थिक सहयोग गरि बालकको भबिष्य उज्व्वल गराइदिनको लागी आगैह गरेका छन । गरेका भनाई उद्रित गर्दै सहकर्मी केशर सुनारले स्वर्गद्धारी अपडेट डट कम अनलाइन खबर लेख्नुभएको छ ।