फागुन १० गते २०८०
07:13: AM
फागुन १० गते २०८०
07:13: AM

सरुमारानीका ९ जनप्रतिनिद्धारा सामुहिक राजिनामा

वैशाख ९ गते २०७९
5:58 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्बाचनलाई मध्यनजर गर्दै प्यूठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष सहित ९ जना जनप्रतिनिधिले एकैसाथ राजिनामा दिएका छन । सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा ,वडा नं. ४ का वडा अध्यक्ष चिन्त बहादुर सौमे , वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर मर्साङगि ,१ नं का अध्यक्ष मुकुन्द राज आचार्य ,६ नं का सदस्य तिल बहादुर बुढा , ४ नं का सदस्य भोज बहादुर शारु, २ नं का सदस्य मिण्टु कुमार गुरुङ र चन्द्रिका थापा ,वडा नं ४ का वडा सदस्य कल्पना कामी सहितको टोलिले राजिनामा दिएका हुन । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page