स्थानीय तहको निर्वाचनका लागि देशभर एकैसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार खलगांमा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभएको छ ।
खलगांमा कार्यालय स्थापना गर्दै जिल्ला अदालत प्युठानका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले निर्वाचनलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीका साथ भूमिका खेल्नु पर्ने बताउनुभयो।त्यस्तै आज नै जिल्लाको ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी श्रीवास्तवले जानकारी दिनुभयो । निर्वाचन अधिकृतहरू नियुक्ति पत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ