असाेज ९ गते २०८०
08:30: AM
असाेज ९ गते २०८०
08:30: AM

मुक्तिमा लागू औषध दुव्र्यसनी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

वैशाख ६ गते २०७९
7:44 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 केशर सुनार , प्यूठान । जिल्लाको मुक्ति माद्यमिक बिद्यालयमा मङगलबार लागू औषध दुव्र्यसनी सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बढदो लागु औषध दुव्र्यसनि लाई मध्यनजर गर्दै न्युनिकरणमा सहयोग होस भन्ने उद्देश्यका साथ बिद्यालयका बिद्याथीलाई केन्द्रित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा युवाहित मञ्च प्युठानले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा लागु औषध तथा यसको प्रयोबाट हुने शारीरिक मानसिक र सामाजिक असरको बारेमा स्पष्ट पारिएको थियो । “लागू औषध बिरुद्ध सबै एक हौं“ भन्ने मूल नारा सहित सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि मा विद्यालयका प्रधानाध्यापक योगेन्द्र बहादुर जि.सी ,विजुवार इलाका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँ,जिल्ला अस्पताल विजुवारका डाक्टर सञ्जय कक्षपति,कानुन अधिवक्ता धनलक्ष्मी श्रेष्ठ, युवाहित मञ्चका सल्लाहकार बीरबल के.सी ,संस्थापक अध्यक्ष मुक्ति पोख्रेल ,उपाध्यक्ष प्रचण्ड खड्का लगायतको उपस्थिती रहेको थियो । कक्षा ११ ,१२ का बिधार्थीको सहभागीतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै कानुन अधिवक्ता धनलक्ष्मी श्रेष्ठ ले लागू औषध को बारेमा प्रष्ट पार्दै लागु औषधको प्रयोग ,बिक्रिवितरण तथा उत्तपादन गैरकानुनी रहेको स्पष्ट पारेकी छन । प्यूठान जिल्लामा किशोर किरोरीहरु यस प्रकारको र्दुव्यसनिमा परेको उनको भनाई छ । जिल्ला अस्पताल विजुवारका डाक्टर सञ्जय कक्षपतिले लागू पदार्थ को सेवनले शारिरक मानसिक को साथै मुटु र गर्भवति आमाले प्रयोग गर्दा बच्चा अपाङग पनि हुन सक्ने बढी सम्भाबना हुने बताए । युवाहित मञ्च प्युठान का संस्थापक अध्यक्ष मुक्ति पोख्रेल ले लागू औषधले भविष्यलाई अन्धकार तर्फ धकेली व्यक्तिको जीवन बर्बाद बनाउने मात्र नभई परिवार लाई समेत असर गर्न हुदा यसकिसीमको दुव्र्यसनबाट सधै टाढा रहन सम्पूर्ण बिद्यार्थीमा आग्रह गरे । २०७६ सालमा स्थापना भएको युवाहित मञ्च प्युठान ले विगत ३ वर्ष देखि निरन्तर रुपमा युवाहरुको हक हितमा केन्द्रित रही युवा विषय मा निरन्तर लागि दुव्र्यसनी मा लागेका व्यक्तिहरूलाई प्रहरी सङ्ग साझेदारी गरी नियन्त्रणमा लिदैं आइरहेको अध्यक्ष पोख्रेल ले जानकारी दिए ।

रिप्लाई गर्नुहोस